जितसँगै बार्सिलोना दोस्राे स्थानमा उक्लियो

जितसँगै बार्सिलोना दोस्राे स्थानमा उक्लियो


स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले साँघुरो जित निकालेको छ । सोमबार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा समेटिएको रियल भालाडोलिटलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदान नोउ क्याम्पमा सोमबार राति भएको खेलमा फ्रेन्च फरवार्ड औसमाने डेम्वेलेले ९०औं मिनेटमा गरेको गोल नै बार्सिलोनाको जितमा निर्णायक बन्यो । उनले रोनाल्ड एराउजोको पासमा गोल गरेका थिए । 

यस जितसँगै रियल म्याड्रिडलाई पछि पार्दै बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको बार्सिलोना शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँग १ अंकले पछि तथा तेस्रो स्थानको रियल म्याड्रिडभन्दा २ अंकले अघि छ । बार्सिलोनाले २९ खेलमा ६५ अंक जोडेको छ । 

Logo