आर्मीलाई हराउँदै हेल्प नेपाल फाइनलमा

आर्मीलाई हराउँदै हेल्प नेपाल फाइनलमा


त्रिभुवन आर्मी क्लबलाई हराएसँगै टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब पाँचौ संस्करणको आरबीबी एनभिए कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताकाे फाइनलमा प्रवेश गरेको छ ।

हेल्प नेपालले एक खेल बाँकी छदै फाइनलमा स्थान पक्का गरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलबार भएको खेलको पहिलो सेट हेल्प नेपालल २५–१७ ले आफ्नो पक्षमा पारेको थियो । प्रतिस्पर्धात्मक दोस्रो सेट पनि हेल्प नेपालले २५–१९ ले आफ्नो पक्षमा पारेको थियो ।

तेस्रो सेट हेल्प नेपालले २५– १६ ले सहजै आफ्नो पक्षमा पार्दै आर्मीलाई सोझो सेटमा पाखा लगायो ।

Logo