रियल म्याड्रिडको सहज जित

रियल म्याड्रिडको सहज जित


स्पेनिस क्लब रियल म्याड्रिडले युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब लिभरपुललाई पराजित गरेको छ ।

मंगलबार राति भएको खेलमा घरेलु टोली रियलले लिभरपुललाई ३–१ ले पराजित गरेको हो । 

खेलको २७औं मिनेटमा भिनिसियसले गोल गर्दै रियललाई १–० ले अघि बढाए । टोनी क्रुसको पिन पोइन्ट लङ बल पासमा दुई डिफेन्डरबीचबाट भिनिसियसले गोल गर्न सफल भएका थिए । ३६औं मिनेटमा मार्काे एसेन्सियाले गोल गर्दै रियललाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।

खेलको ५१औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याउदै लिभरपुललाई खेलमा फर्कने संकेत दिए ।

६५औं मिनेटमा भिनिसियस जुनियरले थप गोल गर्दै रियललाई खेलमा ३–१ ले अघि बढाए । यो जितसँगै रियलको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ । 

Logo