ललितपुर महिला क्रिकेट : सुदूरपश्चिम प्रदेश फाइलनमा प्रवेश

ललितपुर महिला क्रिकेट : सुदूरपश्चिम प्रदेश फाइलनमा प्रवेश


लुम्बिनी प्रदेशमाथि ८ विकेटको शानदार जीत निकाल्दै सुदूरपश्चिम प्रदेश राजधानीमा जारी ललितपुर मेयर्सकप ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको फाइलनमा प्रवेश गरेको छ।

कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई हराउँदै विभागीय टोली एपिएफसँगको भेट पक्का गरेको हो। यससँगै फाइनल पुगेका टोलीद्वय एपिएफ र सुदूरपश्चिमले एक खेल अगावै अन्तिम दुईमा स्थान बनाउन सफल भएका हुन्।

सुदूरपश्चिमले फाइनलमा स्थान बनाउनका लागि बुधबार लुम्बिनीले दिएको ७३ रनको लक्ष्य सुदूरपश्चिमले १२ ओभर ३ बलमा २ विकेट गुमाएर पुरा गरेको हो। सुदूरपश्चिमको जीतमा मन्जु बोगटीले सर्वाधिक २६ रन जोडिन। बिन्दु रावल १७ रनमा अविजित रहिन्। रेवती धामीले १७ रन जोड्दा कविता जोशीले अविजित ४ रन बनाइन्। लुम्बिनीका कृतिका मरासिनीले २ विकेट लिइन्।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर ७२ रन बनाएको थियो। लुम्बिनीका लागि लक्ष्मी चौधरीले सर्वाधिक २६ रन बनाइन् । यस्तै कप्तान नेरी थापाले ११ रन जोडिन्। अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।

लुम्बिनीलाई सस्तैमा समेट्न लक्ष्मी साउदले ४ विकेट लिइन् । ऋतु कनौजियाले ३ तथा सुनिता लुहर र कविता जोशीले १/१ विकेट आफ्नो नाममा लेखाए। लुम्बिनीलाई हराएसँगै सुदूरपश्चिमले ४ खेलमा ६ अंक जोड्यो।

प्रतियोगितामा बिहीबार दुई खेल हुनेछन्। पहिलो खेल ललितपुर मेयर्स–११ र प्रदेश १ तथा दोस्रो खेल लुम्बिनी प्रदेश र एपिएएफबीच प्रतिस्पर्धा हुनेछ।

Logo