आरबीबी भलिबल च्याम्पियनसिप : प्रतिभा र विनित सर्वाेत्कृष्ट

आरबीबी भलिबल च्याम्पियनसिप : प्रतिभा र विनित सर्वाेत्कृष्ट


न्यु डाईमण्ड स्पोर्ट्स क्लबकी स्पाइकर प्रतिभा माली र हेल्प नेपालका विनितकुमार पाँचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको सर्वाेत्कृष्ट खेलाडी चुनिएका छन्। त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बिहीबार सम्पन्न प्रतियोगिताको महिलातर्फ प्रतिभा र पुरुषमा विनित सर्वाेत्कृष्ट चुनिएका हुन् ।

सर्वाेत्कृष्ट बनेका प्रतिभा र विनितले जनही २५/२५ हजार प्राप्त गरे। महिलातर्फ न्यु डाईमण्डकी सलिना श्रेष्ठ उत्कृष्ट लिबेरो, पुलिसकी उषा भण्डारी उत्कृष्ट स्पाइकर, पुलिसकी मनिषा चौधरी उत्कृष्ट ब्लकर, पुलिसकै कमला पुन उत्कृष्ट सेटर, न्यु डाईमण्डकी ललितानाथ उत्कृष्ट सर्भर र न्यु डाईमण्डका कुमार राई उत्कृष्ट प्रशिक्षक चुनिए । उनीहरुले जनही १० हजार प्राप्त गरे।

पुरुषतर्फ रारा बुलबुलेका मुराढ जेहान उत्कृष्ट स्पाइकर, हेल्प नेपालका विकास कुमार उत्कृष्ट सेटर, पुलिसका दिपक राज जोशी उत्कृष्ट ब्लकर, एपीएफका विनोद चन्द उत्कृष्ट डिफेन्डर, बुलबुलेका घनश्याम चौदहरी उत्कृष्ट सर्भर र हेल्प नेपालका रमेश केसी उत्कृष्ट प्रशिक्षक चुनिए । उनीहरुले जनही १० हजार प्राप्त गरे।

Logo