बार्सिलोनामाथि रियलको जित

बार्सिलोनामाथि रियलको जित


स्पेनिस ला लिगामा बार्सिलोनालाई रियल म्याड्रिड पाजित गरेकाे छ । जितसँगै शीर्षस्थानमा समेत स्थान बनाएकाे छ । 

क्याटलान क्लब बार्सिलोनालाई २–१ ले पराजित गरेपछि रियलले एट्लेटिको म्याड्रिड र बार्सिलोनालाई पछि पार्दै ला लिगाको शीर्षस्थानमा उक्लन सफल भएको हो । शीर्षस्थानमा उक्लिएको रियलको ३० खेलबाट ६६ अंक पुगेको छ । समान ६६ अंक भएपनि हेड टु हेडमा रियलले एट्लेटिकोलाई पछि पारेको हो । एट्लेटिकोले एक खेल कम खेलेको छ । पराजित बार्सिलोना ६५ अंक जोडेर तेस्रो स्थानमा झरेको छ ।

खेलको १३औं मिनेटमा कप्तान करिम बेन्जेमाको गोलबाट रियलले अग्रता लिएको थियो ।  २८औं मिनेटमा रियलले टोनी क्रुसको गोलबाट अग्रता दोब्बर बनायो ।

६०औं मिनेटमा ओस्कार मिगुएजाले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउने संकेत दिए । खेलको इन्ज्युरी समयमा रियल १० खेलाडीमा समेटिएको थियो । आक्रामक मिडफिल्डर क्यासमिरो एक मिनेटको अन्तरमा दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएका थिए । उनले पहिलोपटक मेस्सीलाई फल गर्दा दोस्रो पटक ओस्कार मिगुएजालाई फल गर्न पुगेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा रियल विजयी हुन सफल भयो ।

Logo