आईपीएलमा मुम्बईको पहिलो जित

आईपीएलमा मुम्बईको पहिलो जित


साविक विजेता मुम्बई इन्डियन्सले ईन्डियन प्रिमियर लिग टी-ट्वान्टी क्रिकेट (आईपीएल) मा पहिलो जित निकालेको छ । 

चेन्नईमा मंगलबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई १० रनले पराजित गर्दै मुम्बईले पहिलो जित निकालेको हो ।

मुम्बईले दिएको १५३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ७ विकेट गुमाएर १४२ रन मात्र बनाउन सक्यो ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा अलआउट हुँदै १५२ रन बनाएको थियो । जितसँगै मुम्बईले २ खेलमा २ अंक जोडेको छ । कोलकत्ताको यो पहिलो हार हो । कोलकत्ताले पनि २ खेलमा २ अंक जोडेको छ । 

Logo