पारसले त्रिकोणात्मक टी–ट्वान्टी सिरिज गुमाउने

पारसले त्रिकोणात्मक टी–ट्वान्टी सिरिज गुमाउने


पूर्व नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान पारस खड्काले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज गुमाउने भएका छन्। चोटका कारण पारसले नेदरल्यान्ड्स र मलेसिया सम्मेलित सिरिज गुमाउने भएका हुन्।

पारसले प्रशिक्षण दौरानमा चोट बोकेका थिए । उनले फिल्डिङ गर्ने क्रममा काँधको चोट बोकेका थिए। डाक्टरले उनलाई करिब ३ हप्ता आराम गर्ने सल्लाह दिएका छन्।

पारसले होटलसमेत छाडिसकेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले भने औपचारिक रुपमा पारसको चोटबारे बताएको छैन। नेपालले सिरिजको पहिलो खेलमा भोलि (शनिबार) नेदरल्यान्ड्ससँग खेल्दैछ।

नेपालले दोस्रो खेलमा मलेसियासँग बैशाख ६ मा खेल्नेछ । नेपालले तेस्रो खेल नेदरल्यान्ड्ससँग बैशाख ७ मा खेल्नेछ। नेपालले अन्तिम लिग खेल बैशाख ९ गते मलेसियासँग खेल्नेछ ।

क्यानले घोषणा गरेको नेपाली टिम : 
ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहरा, आरिफ शेख, आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, कमल सिंह ऐरी, सुशन भारी, शाहब आलम ।

Logo