त्रिकोणात्मक सिरिज : नेपाल र मलेसिया भिड्दै

त्रिकोणात्मक सिरिज : नेपाल र मलेसिया भिड्दै


कोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुँदैछ । टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र मलेसियाबीचको खेल अपरान्ह १:१५ बजे सुरू हुनेछ ।

हिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको नेपाल सिरिजमा लगातार जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिने छ । यता मलेसिया भने पहिलो जितको खोजीमा रहनेछ ।

नेदरल्यान्ड्ससँग आइतबार भएको खेलमा १५ रनले पराजित भएको मलेसियाको लक्ष्य नेपाललाई पराजित गर्नु रहनेछ । 

सिरिजमा अन्डर डग टिमको रुपमा रहेको मलेसियामा नेदरल्यान्ड्सविरुद्ध बलिङमा चुकेको थियो । मलेसिया त्यो गल्ति नेपालसँग गर्न चाहदैन । 

मलेसियाले पछिल्लो पटक भएको एसीसी इस्टर्न रिजन टी–ट्वान्टीमा नेपाललाई पराजित गरेको थियो । उक्त खेलमा नेपाल २२ रनले पराजित भएको थियो । मलेसिया नेपालविरुद्ध त्यही लय र आत्मविश्वासलाई फेरि एक पटक टियू क्रिकेट मैदानमा फकाउन चाहन्छ ।

Logo