बराबरीमा रोकियो रियल म्याड्रिड

बराबरीमा रोकियो रियल म्याड्रिड


रियल म्याड्रिड स्पेनिस ला लिगामा घरेलु टोली गेटाफेसँग गोलरहित बराबरीमा रोकिएको छ । गेटाफेसँगको गोलरहित बराबरीको नतिजासँगै रियलको उपाधि यात्रामा धक्का लागेको छ ।

बराबरीसँगै रियल शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँग ३ अंकले पछि परेको छ । रियलको ३१ खेलबाट ६७ अंक तथा एट्लेटिकोको समान खेलबाट ७० अंक पुगेको छ । तेस्रो स्थानमा रहेको एक खेल कम खेलेको बार्सिलोनाको ६५ अंक छ ।

Skip This
Logo