लिभरपुल बराबरीमा रोकियो

लिभरपुल बराबरीमा रोकियो


इंग्लिस प्रिमियर लिगमा लिभरपुल लिड्स युनाइटेडसँग बराबरीमा रोकिएको छ । लिभरपुलले लिड्ससँग १–१ गोलको बराबरी खेल्दै अंंक बाड्न बाध्य बनेको हो ।

इलान्ड रोडमा सोमबार राति भएको खेलमा लिभरपुलका लागि साडियो मानेले गोल गर्दा घरेलु टोलीका डिएगो लोरेन्टेले बराबरी गोल फर्काएका थिए ।

यो बराबरीसँगै लिभरपुलले शीर्षचारमा उक्लने मौका गुमाउँदा छैटौ स्थानमा यथावत छ । छैटौ स्थानमा रहेको लिभरपुलको ३२ खेलबाट ५३ अंक रहेको छ । लिड्स ३२ खेलबाट ४६ अंक जोडेर १०औं स्थानमा रहेको छ ।

Logo