आजदेखि बडादशैं शुरुदेखि चिनियाँ भूमिमै भवन बनाएको चीनको दाबीसम्म (भिडियोसहित)

आजदेखि बडादशैं शुरुदेखि चिनियाँ भूमिमै भवन बनाएको चीनको दाबीसम्म (भिडियोसहित)


काठमाडौं । केन्द्रबिन्दु अनलाइन मिडियाबाट हरेक दिन प्रसारण हुने केन्द्रबिन्दु बुलेटिनामा हामीले दिनभरका महत्वपूर्ण पाँच समाचारलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आएका छौँ । समाचारको कुरोभित्रको चुरो पत्ता लगाउने हाम्रो प्रयास हो । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानल र केन्द्रबिन्दु अनलाइनबाट हरेक दिन प्रसारण हुने गर्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु पस्कने हाम्रो प्रयास हो ।

हाम्रो यस बुलेटिनमा केही सल्लाह, सुझाव र प्रतिक्रिया भएमा लेखि पठाउन नभूल्नुहोला । आफ्नो प्रतिक्रिया पठाउनका लागि केन्द्रबिन्दु अनलाइन मिडियाका जुन सुकैै माध्यम प्रयोग गर्न सक्नु हुनेछ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । प्रस्तुत छ, आजका प्रमुख समाचारहरु प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीहरुको महान् पर्व बडा दशैं आजदेखि शुरु भएको छ । आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडा दशैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिएको हो । पूजा कोठा वा दशैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजारम्भ हुन्छ ।

त्यस्तै नेपाल–भारत एकीकृत महाकाली सन्धि भएको करीब अढाइ दशक बित्दैछ । सन्धिअनुसार भारतीय पक्षले गर्नुपर्ने कामको अवस्था हेर्ने हो भने कहीँ कतै पनि चित्त बुझाउने ठाउँ नेपाली पक्षसँग छैन । सन्धिअनुसार टनकपुर ब्यारेजदेखि भीमदत्त नगरपालिका–९ मटेनास्थित नेपाल–भारत सीमासम्म भारतले बनाउनुपर्ने १ हजार २ सय मिटर मूल नहर र हेड रेगुलेटरलगायत संरक्षणका लागि गत कात्तिकमा काम थाल्ने बताइए पनि एक वर्ष बितिसक्दा समेत कामले गति लिन सकेको छैन ।

काठमाडौं महानगरपालिकाले स्वस्थ खसी बोका चिनेर मात्रै खरिद गर्न उपभोक्ताहरुलाई आग्रह गरेको छ । महानगरपालिकाका पशुसेवा महाशाखा प्रमुख डा.अवधेश झाले बजारमा अनुगमन गरी स्वस्थ र अस्वस्थ खसी बोका छुट्याइएकोले चिनेर मात्रै खरिद गर्न आग्रह गरेका हुन् ।

त्यस्तैगरी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पुनः विवाद सतहमा आएको छ । पछिल्लो समय कर्णाली प्रदेशमा अविश्वासको प्रस्ताव दर्ता गरिएसँगै दुई अध्यक्ष बीच विवाद देखिएको हो । कर्णाली प्रदेशमा अविश्वासको प्रस्ताव दर्ता गराउने प्रधानमन्त्री केपी शर्मा ओली निकटका रहेका छन् भने मुख्यमन्त्री कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट रहेका छन् ।

चीनले आफूले हुम्ला नजिक बनाएका भवन नेपालको सीमाभन्दा १ किलोमिटर वर आफ्नै भूमिमा पर्ने दाबी गरेको छ । चीन सरकारका अधिकारीले ती भवन बुरङ काउन्टीअन्तर्गत नवनिर्मित गाउँमा निर्माण गरिएको दाबी गरेका हुन् । चीनको पत्रिका ग्लोबल टाइम्सका अनुसार भवन निर्माण थाल्नुअघि नै गत मे महिनामा सैनिक तथा स्थानीय अधिकारीले फिल्ड सर्भे र नक्सांकन गरी चीनकै भूभाग भएको निश्चित भएपछि मात्र ती संरचनाहरु बनाइएको चिनियाँ पक्षको दाबी छ । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

Logo