आइपिएलमा चेन्नईको जित

आइपिएलमा चेन्नईको जित


चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को १२ औं खेलमा राजस्थान रोयल्सलाई ४५ रनले पराजित गरेको छ । यो जितसँगै चेन्नई अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ ।

चेन्नईले दिएको १८९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो । राजस्थानका लागि जोस बट्लरले सर्वाधिक ४९ रन बनाए । जयदेव उनाकडले २४ रन बनाउँदा राहुल टेवाटिया २० रनमा आउट भए ।

यस्तै शिवम डुबेले १७ रन जोड्दा मनन भोराले १४ रन बनाए । चेन्नईका मोइन अलीले ३ विकेट लिए । यस्तै साम कुरन र रविन्द्र जडेजाले २/२ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो ।

चेन्नईका लागि फाप डु प्लेसिसले सर्वाधिक ३३ रन जोडे । यस्तै अम्बाती रायडुले २७ रन जोड्दा मोइन अलीले २६ रन बनाए । ड्वेन ब्राभो २० रनमा अविजित रहे । कप्तान महेन्द्र सिंह धोनी र सुरेश रैना समान १८/१८ रनमा आउट भए ।

साम कुरन १३ रनमा आउट हुँदा रुतुराज १० रनमा आउट भए । राजस्थानका चेतन शाकरियाले ३ तथा क्रिस मोरिसले २ विकेट लिए । जितसँगै चेन्नई लिगको दोस्रो स्थानमा उक्लिएको छ । चेन्नईले ३ खेलमा ४ अंक जोडेको छ । राजस्थानको यो दोस्रो हार हो । राजस्थान ३ खेलमा २ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

यो जितसँगै चेन्नई ३ खेलमा २ मा जित र १ मा हार सहित चार अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । रोयल च्यालेन्जर्स बेंगलोर ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । दिल्ली र मुम्बईको समान ३ खेलमा २-२ मा जित र १-१ मा हारका साथ समान ४ अंक भएपनि नेट रनरेटले दिल्ली तेस्रो र मुम्बई चौथो स्थानमा छन् ।

Logo