त्रिकोणात्मक सिरिजमा आज नेपालले नेदरल्यान्ड्को सामना गर्दै

त्रिकोणात्मक सिरिजमा आज नेपालले नेदरल्यान्ड्को सामना गर्दै


त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत चौथो खेलमा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो १:१५ मा टियु क्रिकेट मैदानमा हुनेछ ।

नेपालले पहिलो खेलमा नेदल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो । साथै नेपालले मलेसियालाई ९ विकेटले हराउँदै लगातार दोस्रो जितसहित फाइनल नजिक पुगेको अवस्था छ । आजको खेलमा विजयी नेपाल एक खेल अगावै फाइनल पुग्नेछ ।

नेदरल्यान्ड्स पहिलो खेलबाट आफ्नो कमजोरी सुधारको साथ दोस्रो खेलमा नेपाललाई हराउन चाहन्छ । नेपालले दुवै खेलमा उत्कृष्ट ब्याटिङका साथ सहज जित निकालेको छ । 

आजको खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिएकाे छ । पहिलो खेलमा हारेकाे कारण नेडरल्यान्डसले सम्हालेर खेल्दै नेपाललाई चुनौती दिन सक्छ । 

Logo