त्रिकोणात्मक सिरिजः नेपालद्वारा नेदरल्याण्ड्सलाई २०७ रनको लक्ष्य

त्रिकोणात्मक सिरिजः नेपालद्वारा नेदरल्याण्ड्सलाई २०७ रनको लक्ष्य


त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले नेदरल्याण्ड्सलाई २०७ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०६ रन बनाएको हो। 

नेपालका लागि ओपनर कुशल भुर्तेलले लगातार तेस्रो अर्धतशक प्रहार गर्दै ६२ रन बनाए। उनले ४६ बल खेल्दै ८ चौका र १ छक्काको मद्दतमा ६२ रन जोडेका हुन्।

Logo