मुम्बईमाथि दिल्ली क्यापिटल्स विजयी

मुम्बईमाथि दिल्ली क्यापिटल्स विजयी


इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा साविक विजेता मुम्बई दिल्ली क्यापिटल्ससँग ६ विकेटले पराजित भएको छ ।

जितको लागि १३८ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १९.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्दै जित दर्ता गरेकाे हाे ।  दिल्लीका ललित यादव २२ र शिम्रन हेटमायर १४ रनमा अविजित रहे । शिखर धवन ४५ रनमा आउट भए । स्टिभ स्मिथ ३३ रनमा आउट भए । दोस्रो विकेटका लागि धवन र स्मिथले ५३ रनको साझेदारी गरेका थिए । कप्तान ऋषभ पन्त र पृथ्वी शा ७/७ रनमा आउट भए ।

मुम्बईका जस्प्रित बुमराह, जयन्त यादव, राहुल चहर र काइरन पोलार्डले १-१ विकेट लिए ।

त्यसअघि चेन्नईमा टस जितेर पहिला ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३७ रन बनाएको थियो । 

दिल्ली ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ दोस्रो स्थानमा छ भने मुम्बई ४ खेलमा समान २ मा हार र २ मा जितसहित चौथो स्थानमा छ ।

Logo