त्रिकोणात्मक टि-२० फाइनल आज : नेपाल र नेदरल्यान्ड्स भिड्दै

त्रिकोणात्मक टि-२० फाइनल आज : नेपाल र नेदरल्यान्ड्स भिड्दै


त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा आज घरेलु टोली नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो सवा १ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । 

नेपालले यस सिरिजमा ब्याटिङमा सुधार गर्दै सानदर प्रदर्शन गरेको छ । पहिलो खेलमै दुई ओभर आसिफ शेख र कुशल भुर्तेलले उत्कृष्ट शतकीय साझेदारी गर्दै १३७ रनको लक्ष्य ३० बल अगाडिनै १ विकेटको क्षतिमा पूरा गरेको थियो ।

दोस्रो खेलमा मलेसियाले प्रस्तुत गरेको १ सय १० रनको विजयी लक्ष्य ४७ बल अगाडिनै १ विकेटको क्षतिमा पूरा गरेको थियो ।

अन्तिम खेलमा मलेसियाविरुद्ध २१७ रन बनाएको थियो । उत्कृष्ट ब्याटिङले नेपालको मनोबल उच्च छ ।

नेपाल र नेदरल्यान्ड्सबीच ८ टि २० आई खेल भएको छ । नेदरल्यान्ड्स ४ खेलमा विजयी हुँदा ३ खेलमा पराजित भएको छ । एक खेल वर्षाको कारण रद्ध भएको छ ।

डबल राउन्ड रोविनको आधारमा भएको त्रिकोणात्मक सिरिजमा नेपाल ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ शीर्ष स्थानमा थियो । नेदरल्यान्ड्स ४ खेलमा २ मा जित, १ मा हार र १ मा बराबरीका साथ ५ अंक जोड्दै दोस्रो स्थानमा रहेर फाइनल खेल्न लागेको हो । 

Skip This
Logo