बार्सिलोनाको पुनरागमन जित

बार्सिलोनाको पुनरागमन जित


ला लिगामा बार्सिलोनाले भिल्लारियललाई २–१ ले पराजित गरेकाे छ । खेलमा पछि परेको अवस्थालाई उल्टाउँदै बार्सिलोनाले जित निकालेको हो ।

२६ औं मिनेटमा सामुयल चुक्वाजेको गोलबाट भिल्लारियलले अग्रता बनाएको थियो । खेलमा पछि परेको दुई मिनेटपछि नै एन्टोइन ग्रिजमनले गोल गरेका थिए । ३५ औं मिनेटमा ग्रिजमनले अर्को गोल गर्दै  जित दर्ता गरेकाे हाे । 

जितसँगै बार्सिलोनाले दोस्रो स्थानको रियल म्याड्रिडसँग अंकमा बराबरी गरेको छ । दुवै टोलीको समान ७१ अंक छ । शीर्षस्थानको एट्लेटिको म्याड्रिडको भन्दा रियल र बार्सिलोनाको २ अंक कम छ ।

Logo