नेपाल सुपर लिगमा धनगढीले काठमाडौंलाई हरायो

नेपाल सुपर लिगमा धनगढीले काठमाडौंलाई हरायो


नेपाल सुपर लिग (एनएसएल) मा धनगढी एफसीले पहिलो जित हात पारेको छ । मंगलबार दशरथ रंगशालामा भएको खेलमा धनगढीले काठमाडौं रेजर्समाथि ३-० गोलको जित निकाल्यो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा धनगढीलाई जित दिलाउन ओलावाले आफिजले दुई गोल गरे । यस्तै टंक बस्नेतले एक गोल गरे ।

खेलको १९ औं मिनेटमा टंक बस्नेतले गोल गर्दै धनगढीलाई सुरुवाती अग्रता दिलाए । टंकले दायाँतर्फबाट प्रहार गरेको बल पोस्टमा लागेर गोलकिपर विकेशलाई लाग्दै गोल भएको थियो।

खेलको २३ औं मिनेटमा ओलावालेले गोल गर्दै धनगढीलाई २-० को अग्रता दिलाए । पहिलो हाफको थप गरिएको समयमा ओलावालेदर्शन गुरुङको क्रसमा ओलावालेले वन टच गोल गरेका हुन् ।

काठमाडौंले भने पहिलो खेलमा जित हात पारेको थियो । काठमाडौंले शनिबार भएको उद्घाटन खेलमा ललितपुर सिटी एफसीलाई १-० गोलले पराजित गरेको थियो । एनएसएलमा बुधबार दुई खेल हुँदैछन् । दिउँस साढे २ बजे एफसी चितवन र बुटवल लुम्बिनी एफसी तथा अपरान्ह साढे पाँच बजे विराटनगर सिटी एफसी र पोखरा थन्डर्सबीच खेल हुनेछ ।

Logo