पिएसजीमाथि म्यानचेस्टर सिटीको जित

पिएसजीमाथि म्यानचेस्टर सिटीको जित


यूईएफए च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीले पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई उसकै मैदानमा पराजित गरेकाे छ ।  

खेलको १५ औं मिनेटमा नै घरेलु टोली पिएसजीले मार्किन्हसले हेडरमार्फत गोल गर्दै अग्रता दिलाएका थिए । 

खेलको ६४ औं मिनेटमा केभिन डे ब्रुएनले गोल गर्दै खेल बराबरीमा ल्याए । खेल बराबरीमा भएको ८ मिनेट नबित्दै सिटीले अग्रता लिएको थियो । रियाद माहरेजले फ्रिकिकमा सिधै गोल गर्दै सिटीलाई महत्त्वपूर्ण अग्रता दिलाए ।

यस जितसँगै सिटीले घरेलु मैदानमा हुने दोस्रो लेगअघि महत्त्वपूर्ण अग्रता पाएको छ । दोस्रो लेग मंगलबार सिटीको मैदानमा हुनेछ । 

Logo