कोलकत्तामाथि दिल्लीको जित

कोलकत्तामाथि दिल्लीको जित


ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेट अन्तर्गत गएराति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले कोलकत्ता नाइट राईडर्सलाई ७ विकेटले पराजित गरेकाे छ । 

अहमदाबादमा कोलकत्ताले दिएको १५५ रनको लक्ष्य दिल्लीले १६ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।

दिल्लीको जितमा पृथ्वी शले ८२ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४१ बलमा ११ चौका र ३ छक्का प्रहार गरे । यस्तै शिखर धवनले ४६ रन बनाए । कप्तान ऋषव पन्त १६ रनमा आउट भए ।

कोलकत्ताका पाट कुमिन्सले ३ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको थियो ।

कोलकत्ताका लागि आन्द्रे रसेलले अविजित रहदै सर्वाधिक ४५ रन बनाए । सुबमन गिलले ४३ रन जोड्दा पाट कुमिन्स ११ रनमा अविजित रहे । यस्तै राहुल त्रिपाठीले १९, नितिश रानाले १५ र दिनेश कार्तिकले १४ रन बनाए ।

कप्तान इयान मोर्गन र सुनिल नारिन सुन्य रनमा आउट भए । दिल्लीका अक्षर पटेल र ललित यादवले २/२ विकेट लिए ।

जितसँगै दिल्लीले ७ खेलमा १० अंक जोड्दै दोस्राे स्थानमा उक्लिएकाे छ । कोलकत्ता यो पाँचौ हार हो । पाँचौ स्थानको कोलकत्ताले ७ खेलमा ४ अंक जोडेको छ ।

Logo