काठमाडौं र पोखरा बीचको खेल गोलरहित बराबरी

काठमाडौं र पोखरा बीचको खेल गोलरहित बराबरी


पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल अन्तर्गत काठमाडौं रेजर्स र पोखरा थन्डर्सले बराबरी खेल्दै अंक बाडेका छन् ।

शुक्रबार भएको खेलमा काठमाडौं र पोखराले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा खेल बराबरीमा सकिएको हो ।

खेलको इन्जुरी समयमा पोखराका प्रविन स्याङतानले गोल पनि अफसाइड पोजिसनमा रहेपछि केचा यान्निकको फ्रिकिकमा उनको हेडर गोलले मान्यता पाएन । 

खेलमा पोखराका पदम मोक्तान प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार प्राप्त गरे । इमर्जिङ प्लेयर अफ दि म्याच काठमाडौंका राजन गुरुङ चुनिए । उनले १० हजार प्राप्त गरे ।

Logo