लेस्टर र साउथह्याम्टनकाे खेल बराबरी

लेस्टर र साउथह्याम्टनकाे खेल बराबरी


प्रिमियर लिगको शीर्ष चारको दौडमा रहेको लेस्टर सिटीले साउथह्याम्टनसँग बराबरीमा रोकिएकाे छ ।

सेन्ट मेरिज स्टेडियम ह्याम्पसायरमा शुक्रबार राति भएको खेलमा घरेलु टोली १०औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो । जेमी भार्डीमाथि फल गरेपछि जान्निक भेस्टेरगार्ड सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । 

६१औं मिनेटमा साउथह्याम्टनले पेनाल्टी गोलमार्फत खेलमा अग्रता लिन सफल भयो । ६८औं मिनेटमा जोनी इभान्सले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । बराबरीपछि लेस्टर ३४ खेलबाट ६३ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ । 

Logo