बैंगलोरमाथि पन्जाबकाे जित

बैंगलोरमाथि पन्जाबकाे जित


ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा पन्जाब किङ्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गरेको छ ।

अहमदाबादमा शुक्रबार राति भएको खेलमा पन्जाबले बैंगलोरलाई ३४ रनले पराजित गरेको हो ।पन्जाबले दिएको १८० रनको लक्ष्यसहित जावाफी ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ८ विकेट गुमाएर १४५ रन मात्र बनाउन सक्यो ।

बैंगलोरलाई सस्तैमा समेट्न पन्जाबका हरप्रित ब्रारले ३ विकेट लिए । रबि बोस्नाईले २ तथा रिली मेरेदिथ, मोहमद शामी र क्रिस जोर्डनले १/१ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ५ विकेट गुमाएर १७९ रन बनाएको थियो ।

पन्जाबका लागि कप्तान लोकेश राहुलले अर्धशतकीय इनिङ्स खेले । अविजित रहेका राहुलले ५७ बलमा ७ चौका र ५ छक्कासहित ९१ रन बनाए । यस्तै क्रिस गेलले ४६ रन जोड्दा हरप्रितले अविजित रहदै २५ रन बनाए ।

बैंगलोरका केली जेमिसनले २ विकेट लिए । डानिल साम्स, युजभेन्द्र चाहल र सहबाज अहमेदले १/१ विकेट लिए ।

यससँगै पन्जाबले लिगमा तेस्रो जित निकालेको छ । पन्जाबले ७ खेलमा ६ अंक जोडेको छ । पन्जाब पाँचौ स्थानमा उक्लिएको छ । यस हारसँगै बैंगलोरले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । यस सिजन दोस्रो हार व्यहोरेको बैंगलोर तेस्रो स्थानमा छ ।

Logo