बुटवल र विराटनगरबीचको खेल बराबरी

बुटवल र विराटनगरबीचको खेल बराबरी


पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा बुटवल लुम्बिनी एफसी र विराटनगर एफसीले बराबरी खेल्दै अंक बाडेका छन्  ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई पटकको अग्रता जोगाउन नसक्दा बुटवलले विराटनगरसँग बराबरी खेलेको हो ।

रोमान्चक बनेको  खेलको छैटौं मिनेटमा ओमोलाजा नुरिन करिमले गोल गर्दै बुटवललाई १-० को अग्रता दिलाए ।

तर, खेलको ४२ औं मिनेटमा पेड्रो मान्जीले गोल गर्दै विराटनगरलाई १-१ गोलको बराबरीमा ल्याए । खेलको ६८ औं मिनेटमा लक्ष्मण रुचालले गोल गर्दै बुटवललाई २-१ को अग्रता दिलाए ।

तर, खेलको इन्जुरी समयमा सन्तोष तामाङले फ्रिकिकमा गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए । खेलमा विराटनगरका पेड्रो प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार प्राप्त गरे । इमर्जिङ प्लेयर अफ दि म्याच बुटवलका सुमन लामा चुनिए । उनले १० हजार प्राप्त गरे ।

 

Logo