डर्टमुन्ड जर्मन कपको फाइनलमा

डर्टमुन्ड जर्मन कपको फाइनलमा


होल्सटेइन केइललाई हराउँदै डर्टमुन्ड जर्मन कपको फाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदान सिग्नल इडुना पार्कमा शनिबार राति भएको खेलमा डर्टमुन्डले होल्सटेइन केइलमाथि ५–० को सानदार जित निकाल्दै उपाधिनजिक पुगेको हो । 

एक पक्षीय बनेको खेलको १६औं मिनेटमा जियोभानी रेनाले गोल गर्दै घरेलु टोलीलाई अघि बढाएका थिए । २३औं मिनेटा रेनाले व्यक्तिगत दोस्रो गोल गर्दै डर्टमुन्डको अग्रता दोब्बर पारे । २६औं मिनेटमा कप्तान मार्काे रिउसले गोल गर्दै डर्टमुन्डलाई सहजै जिततर्फ अघि बढाए । ३२औं मिनेटमा थोर्गन हाजार्डले गोल गरेपछि डर्टमुन्ड खेल ४–० ले अघि बढ्यो ।

४१औं मिनेटमा सान्चोको पासमा जुडे बेलिङघमले गोल गर्दै डर्टमुन्डलाई पहिलो हाफमा ५–० को फराकिलो अग्रता दिलाए । दोस्रो हाफमा गाल निस्कन नसक्दा पहिलो हाफको पाँच गोल नै डर्टमुन्डको जितमा पर्याप्त बन्यो ।

Logo