पीएसजीको सानदार जित

पीएसजीको सानदार जित


पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा लेन्सलाई २–१ ले पराजित गर्दै उपाधि होडलाई जीवितै राखेको छ । 

खेलको ३३औं मिनेटमा नेयमारको गोलबाट पीएसजीले पहिलो हाफमा १–० को अग्रता लिएको थियो । ५९औं मिनेटमा मार्किन्हसले नेयमारको पासमा गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे । ६१औं मिनेटमा इग्नाटिएस गनागोले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याएका थिए । 

जितपछि पीएसजी ३५ खेलबाट ७५ अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ । शीर्षस्थानको लिलको ७६ अंक छ । 

Logo