सिरी ‘ए’ को उपाधि इन्टर मिलानलाई

सिरी ‘ए’ को उपाधि इन्टर मिलानलाई


झन्डै एक दशकको युभेन्टसको अधिपत्य तोड्दै इन्टर मिलान ११ वर्षपछि इटालियन सिरी ‘ए’ च्याम्पियन बनेको छ । एटलान्टाले सस्सुलोसँग बराबरी खेलेपछि इन्टर मिलान सिरी ‘ए’ को चार खेल बाँकी रहँदै च्याम्पियन बन्न सफल भएको हो ।

१० खेलाडीमा समेटिएको एट्लान्टाले सासोउलोसँग १-१ गोलको बराबरी खेलेको हो । एट्लान्टाका रोबिन गोसेन्सले गोल गरेका थिए । तर, सासोउलोका डोमिनिको बेरार्डीले बराबरी गोल फर्काएका थिए ।

गोल्लिनीले सुरुवातमै रातो कार्ड पाएको खेलमा एट्लान्टाका लुइस मुरिएल पेनाल्टी गोल गर्न असफल भएका थिए । एट्लान्टाको बराबरीसँगै इन्टरले १३ अंकको स्पस्ट अग्रता बनाउदै उपाधि जितेको हो ।

इन्टरले पछिलो पटक सन् २०१० मा सिरी 'ए' को उपाधि जितेको थियो ।

Logo