टोटेनह्यामको सानदार जित

टोटेनह्यामको सानदार जित


टोटेनह्यामले इंग्लिस प्रिमियर लिगमा सेफिल्ड युनाइटेडमाथि ४-० को जित दर्ता गरेको छ ।

ग्यारेथ बेलले पहिलो हाफको ३६ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ६१ औं मिनेटमा काउन्टर अट्याकमा गोल गर्दै बेलले २-० को अग्रता दिलाए ।

६९ औं मिनेटमा उनले पेनाल्टी क्षेत्र बाहिरबाट गोल गर्दै ह्याट्रिक पूरा गरे । बेलले सन् २०१८ मा क्लब विश्वकपमा रियल म्याड्रिडका लागि ह्याट्रिक पूरा गरेयता पहिलो पटक एकै खेलमा तीन गोल गरेका हुन् । 

टोटेनहमका लागि ७७ औं मिनेटमा ह्युङ मिन सनले गोल गर्दै ४-० को अग्रता दिलाए । यस जितसँगै टोटेनहम अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । टोलीको ३४ खेलमा ५६ अंक छ । 

Logo