पन्जाबलाई हराउँदै दिल्ली शीर्षस्थानमा

पन्जाबलाई हराउँदै दिल्ली शीर्षस्थानमा


दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा पन्जाब किंग्सलाई ७ विकेटले पराजित गर्दै अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ

 नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर ब्याटिङ थालेको पन्जाबले १६६ रन बनाएकाे थियो ।१६७ रनको लक्ष्य दिल्लीले १७ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।

दिल्लीको जितमा शिखर धवनले अविजित रहदै ६९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै पृथ्वी शले ३९ रन जोड्दा स्टिभ स्मिथले २५ रन बनाए । शिम्रोन हिटमायर १६ रनमा अविजित रहदा कप्तान ऋषव पन्तले १४ रन जोडे ।

पन्जाबका क्रिस जोर्डन, रिली मिरिदिथ र हरप्रित ब्रारले १/१ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर १६६ रन बनाएको थियो । पन्जाबका लागि कप्तान मायांक अग्रवालले अविजित रहदै ९९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै डाविड मालनले २६ रन जोड्दा क्रिस गेलले १३ र प्रभसिम्रन सिंहले १२ रन बनाए ।

दिल्लीका कागिसो राबडाले ३ विकेट लिए । जितसँगै दिल्लीले ८ खेलमा १२ अंकसहित शीर्षस्थानमा उक्लिएको छ ।

 

Logo