१० असोज २०७८ आइतबार

लिभरपुलमाथि बार्सिलोनाको सानदार जित, ७ मिनेटमा मेसीको २ गोल

बार्सिलोना

युरोपियन च्याम्पियन लिग अन्तर्गत सेमीफाइनलको पहिलो लेग खेलमा स्पेनिस क्लब बार्सिलोनाले बलियो प्रतिद्वन्द्वी इङ्लिस क्लब लिभरपुलमाथि सानदार जित निकालेको छ । घरेलु मैदानमा लिभरपुललाई ३–० ले पराजित गरी फाइनल प्रवेशका लागि बलियो दाबीदारी प्रस्तुत गरेको हो ।

बार्सिलोनाको जितका लागि मेसीले २ र सुवारेजले १ गोल गरे । निकै प्रतिस्पर्धात्मक खेलमा लिभरपुलले बार्सिलोनाले भन्दा बढी समय बल आफ्नो कब्जामा राखेको थियो । तर बार्सिलोनाविरुद्ध स्कोर गर्न नसक्दा गत सिजनको फाइनलिस्ट लिभरपुल फराकिलो हार व्यहोर्न बाध्य भयो ।

मेसीले बार्सिलोनाका लागि ६०० औं गोल गरेका छन् । बलियो टोली लिभरपुलले बार्सिलोनाविरुद्ध पटक–पटक आक्रमण गरेको थियो । तर उसले गोलका लागि गरेका सबै प्रयास असफल भए ।
एजेन्सी

प्रकाशित: १९ बैशाख २०७६ ०८:३१ बिहीबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी