रियल म्याड्रिडको सानदार जित

रियल म्याड्रिडको सानदार जित


रियल म्याड्रिडले स्पेनिस ला लिगामा सानदार जित दर्ता गरेको छ । रियल ग्रानडामाथि उसकै मैदानमा ४–१ को सानदार जित दर्ता गर्दै उपाधि होडमा आफ्नो दाबेदारी कायमै राखेकाे हाे । 

ग्रानडामा बिहीबार राति भएको खेलको १७औं मिनेटमा मिगुइल गुइटेरेजको पासमा लुका मोड्रिचले उत्कृष्ट गोल गर्दै रियललाई १–० ले अघि बढाए । पहिलो हाफकाे इन्ज्युरी समयको थप गरिएको पहिलो मिटेनमा मार्भिन पार्कले गोल गर्दै रियललाई पहिलो हाफमा २–० ले अघि बढाए । 

७१औं मिनेटमा जर्ग मोलिनाले गोल गर्दै ग्रानडालाई खेलमा २–१ को अवस्थामा ल्याए । ७५ औं मिनेटमा अल्भारो ओड्रिओजोलाले उत्कृष्ट गोल गर्दै रियललाई खेलमा ३–१ ले अघि बढाए ।लगत्तै करिम बेन्जेमाले खाली पोस्टमा गोल गर्दै रियललाई ४–१ ले अघि बढाए । जितपछि रियलले शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँगको अंकदूरी २ मा छोट्याएको छ । 

Logo