नेदरल्यान्ड्सको सानदार जित

नेदरल्यान्ड्सको सानदार जित


युरोकपको तयारीका लागि खेलिएकाे मैत्रिपूर्ण खेलमा नेदरल्यान्ड्सले जर्जियामाथि सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा नेदरल्यान्ड्सले जर्जियालाई ३–० को पराजित गरेको हो ।

आइतबार राति भएको खेलमा नेदरल्यान्ड्सको जितमा मेम्फिस डिपाए, वाउट वेगह्रस्ट र रायन ग्राभेनवर्चले गोल गरे । खेलको १०औं मिनेटमा नै मेम्फिस डिपाएले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

खेलकाे ५५औं मिनेटमा वाउट वेगह्रस्टले गोल गर्दै नेदरल्यान्ड्सको अग्रता दोब्बर पारे । ७६औं मिनटमा रायन ग्राभेनवर्चले गोल गर्दै नेदरल्यान्ड्सलाई प्रभावशाली जित दर्ता गरेकाे हाे ।

Logo