नेपालमाथि जोर्डनको सहज जीत

नेपालमाथि जोर्डनको सहज जीत


विश्वकप तथा एसियन कप छनोटको सातौं खेलमा नेपालमाथि जोर्डनले ३-० गोलले जित दर्ता गरेकाे छ । 

खेलको २३ औं मिनेटमा जोर्डनले पेनाल्टीमार्फत अग्रता लियो । पहिलो हाफमा जोर्डनले बल पोसेसनमा दबाब राख्दै आक्रमण बुनेको थियो ।नेपाली टिम क्याप्टेन तथा गोलरक्षक किरण चेम्जोङ एकपछि अर्को आक्रमणको बाधक बन्दै नेपाललाई खेलमा कायम नै राखेका छन् ।

पहिलो हाफमा १-० ले अग्रता लिएकाे जोर्डनले दोस्राे हाफमा थप २ गोल गरेकाे हाे । दोस्रो हाफको सुरुवातमै जोर्डनले आफ्नो अग्रता दोब्बर पार्यो । सेफले व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा झन्डै ३५ यार्ड टाढाबाट गरेको शक्तिशाली फ्रिकिक गोलरक्षक किरणलाई बिट गर्दै टप कर्नरमा गोल भएको थियो ।

६८ औं मिनेटमा जोर्डनले ३-० को अग्रता लियो । दायाँ विंगबाट आएको क्रसलाई याजान अलअरबले फार पोस्टमा सहजै हेडरमार्फत गोल गरेका थिए ।

फिफा वरीयतामा ९५ औं स्थानमा रहेको जोर्डन नेपालको बलियो प्रतिस्पर्धी हो । यस जितसँगै जोर्डनको ६ खेलमा १३ अंक पुगेको छ भने कुवेत समान खेलमा १० अंक सहित तेस्रो स्थानमा छ । नेपाल ६ अंकसहित चौथो स्थानमा छ । 

Logo