अर्जेन्टिना बराबरीमा रोकियो

अर्जेन्टिना बराबरीमा रोकियो


दक्षिण अमेरिकी विश्वकप छनोटमा अर्जेन्टिना कोलम्वियासँग बराबरीमा खेल्दै अंक बाडेकाे छ । अर्जेन्टिनाले २–० को अग्रता लिए पनि जोगाउन नसक्दा घरेलु टोली कोलम्वियासँग २–२ गोलको बराबरीमा रोकिएको हो ।

बुधबार बिहान भएको खेलको तेस्रो मिनेटमा नै क्रिस्टियन रोमेरोले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाए । आठौं मिनेटमा निकोलस गोन्जालेजको पासमा लियान्द्रो ड्यानियल पारेडेसले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे ।

दुई गोलले पछि परेको घरेलु टोलीले ५१औं मिनेटमा निकोलस ओटामेन्डीले मेटस युरिवेलाई पेनाल्टी बक्समा एल्वो प्रहार गरेपछि प्राप्त पेनाल्टीमा लुइस मुरिएल चुकेनन् ।

इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा मिगुएल बोर्जाले जुआन कोर्डाडोको पासमा गोल गर्दै कोलम्वियालाई हारबाट जोगाए ।

बराबरीपछि अर्जेन्टिनाको ६ खेलबाट १२ अंकसहित दोस्राेस्थानमा छ । कोलम्विया ८ अंक जोडेर पाँचौ स्थानमा छ ।

Logo