युरो कपमा आज खेल्ने ६ टिमको इतिहास कस्तो?

युरो कपमा आज खेल्ने ६ टिमको इतिहास कस्तो?


वेल्स र स्वीजरल्याण्ड
आज हुने पहिलो खेलमा समूह ‘ए’ मा रहेको वेल्स र स्वीजरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ। अजरबैजानको बाकुमा हुने वेल्स र स्वीजरल्याण्डबीचको खेल नेपाली समय अनुसार साँझ ६ः४५ बजे सुरु हुनेछ। वेल्स र स्वीजरल्याण्ड दुबै टिम जीत निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन्।

वेल्सको इतिहास हेर्दा सन् १९५८ को विश्वकपमा वेल्सले क्वाटरफाइनलसम्मको यात्रा तय गरेको थियो भने सन् २०१६ को युरो कपमा सेमिफाइनलसम्म पुगेको थियो । त्यसैले वेल्स पाँच वर्ष पुरानो प्रदर्शनलाई दोहोर्याउने उद्देश्यले मैदान उत्रिने छ । वेल्समा गत युरो खेलकै ८ जना खेलाडी यो पटक पनि टिममा रहेका छन् । प्रशिक्षक रोब पेजले टिम सम्हालेका छन्।

यस्तै, वेल्सको बिपक्षी टिम स्वीट्जरल्याण्डको भने युरो कपमा त्यति राम्रो रेकर्ड छैन । सन् २०१६ को युरोमा अन्तिम १६ मा प्रवेश भने गरेको थियो । त्यो प्रदर्शन नै स्वीट्जरल्याण्डको अहिलेसम्मको उत्कृष्ट नतिजा हो । अन्यथा स्वीट्जरल्याण्डले तीन पटक समूह चरणभन्दा माथिको यात्रा तय गर्न सकेको थिएन । तर यसपाली भने प्रशिक्षक ब्लालिमिर पेटकोविचको नेतृत्वमा स्वीट्जरल्याण्डले राम्रो प्रदर्शन गरेको छ। 

वेल्स र स्वीट्जरल्याण्ड अहिलेसम्म सात पटक भिड्दा वेल्सले २ पटक बाजि मारेको छ भने स्वीट्जरल्याण्डले ५ पटक बाजि मारेको छ।

फिनल्याण्ड र डेनमार्क
यस्तै आजै हुने समूह ‘बी’ को पहिलो खेलमा डेनमार्क र फिनल्याण्ड भिड्नेछन् । डेनमार्क र फिनल्याण्डबीचको खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ। 

१० वर्षपछि यी दुई टिम पहिलो पटक आमने सामने हुँदैछन् । डेनमार्कको यसअघिको खेल हेर्दा फिनल्याण्डविरुद्ध सधैं हावी भएको देखिन्छ । डेनमार्कले युरोकप नवौं पटक खेल्न लागेको हो । डेनमार्क फिफा विश्वकप छनोट अन्तर्गतका तीन खेलमा अपराजित रहेको छ। 

युरोकप अघि भएको मैत्रीपूर्ण खेलमा जर्मनीलाई १–१ गोलको बराबरीमा रोकेको थियो भने बोस्निया हर्जगोविनालाई पराजित गरेको थियो । सन् २०२० देखि प्रशिक्षक कास्पर हुलमन्डले सम्हालिरहेको टिम डेनमार्कको प्रदर्शनमा धेरै सुधार देखिएको छ।

त्यस्तै, फिनल्याण्डले भने पहिलो पटक सर्वाधिक ठूलो प्रतियोगितामा खेल्न लागेको छ । 

बेल्जियम र रुस
आजै हुने समूह ‘बी’को दोस्रो खेलमा बेल्जियम र रुस आमने सामने हुने छन् । रुसमा हुने दुई टिमबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ। फिफा वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियम रुसलाई हराएर सुखद सुरुवात गर्न चाहन्छ। रुस पनि घरेलु मैदानमा बेल्जियमलाई हराएर विजयी सुरुवात गर्न चाहन्छ।

उत्कृष्ट प्रदर्शन गर्दै आएको बेल्जियमलाई उपाधिको दावेदार टिमको रुपमा समेत हेरिएको छ। सन् १९९२ मा सोभियत संघ विघटन भएपछि रुसले अहिलेसम्म बेल्जियमलाई पराजित गर्न सकेको छैन । सन् १९८० को युरोकपमा बेल्जियम फाइनलमा पुगेको थियो तर फाइनलमा जर्मनीसँग पराजित हुन पुगेको थियो। 

यस्तै रुस भने सन् २००८ को युरोकपको सेमिफाइनलमा पुग्दा स्पेनसँग पराजित भएको थियो।

Skip This
Logo