राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजबाट सुरु

राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजबाट सुरु


नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजबाट सुरु भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टिमको प्रशिक्षण आजबाट कीर्तिपुरस्थित टियु मैदानमा हुने जनाएको छ ।

जुलाईमा स्पेनमा आयोजना हुने आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल स्कटल्याण्ड र नामिबियासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टोलीले तयारी थाल्न लागेको हो ।

क्यानले बन्द प्रशिक्षणका लागि २० खेलाडीलाई बोलाएको छ । सिरिजको तयारीका लागि मुख्य प्रशिक्षक डेभ वाटमोर नेपाल आईसकेका छन् । लिग अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ । 

लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ । लिग–२ अन्तर्गत नै ओमानमा तय भएको नेपाल, ओमान र अमेरिकाबीचको सिरिज भने स्थगित भएको थियो ।

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीहरुमा ज्ञानेन्द्र मल्ल, पारस खड्का, सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, आशिफ शेख, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, पवन सर्राफ, पृथु बास्कोटा, कमलसिंह ऐरी, अविनाश बोहरा, सन्दीप जोरा, शाहब आलम, शुशन भारी, शरद भेषवाकर, बिक्रम शोब रहेका छन् । 

Skip This
Logo