जुडोकी सोनियाले टोकियो ओलम्पिक खेल्ने

जुडोकी सोनियाले टोकियो ओलम्पिक खेल्ने


जुडो खेलाडी सोनिया भट्टले टोकियो ओलम्पिक खेल्ने भएकी छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) की कास्य पदक विजेता भट्टले टोकियो ओलम्पिकमा खेल्न पाउने भएकी नेपाल आलम्पिक कमिटी (एनओसी) ले जनाएको छ । उनले वाइल्ड कार्ड पाएकी हुन्।

सोनियाले १३ औँ दक्षिण एसियाली खेलकुद-सागमा कास्य पदक जितेकी थिइन्। हालसम्म टोकियो ओलम्पिकमा नेपालका पाँच खेलाडीको सहभागिता पक्का भइसकेको छ। पौडीका गौरिका सिंह र एलेक्स शाह, एथलेटिक्सका गोपीचन्द्र पार्की तथा सुटिङकी कल्पना परियारको सहभागिता पक्का भइसकेको छ।

Logo