युरोकपः ‘गोल्डन जेनरेशन’ बेल्जियमको सुनौलो यात्रा

युरोकपः ‘गोल्डन जेनरेशन’ बेल्जियमको सुनौलो यात्रा


बेल्जियमको 'गोल्डन जेनरेशन' अर्थात सुनौलो पुस्ताको यो टोली फिफा वरियतामा विश्वकै पहिलो नम्बरमा रहेको एक हजार दिन पुरा भएको छ। तर झण्डै तीन वर्षदेखिको पहिलो नम्बरको फुटबल टोलीले किन केही जित्न सकिरहेको छैन ? के यसपटकको युरो २०२० बेल्जियमको यो पुस्ताका लागि अन्तिम मौका हो ? 

यही टोलीले रुसमा भएको सन् २०१८ को विश्वकपको क्वाटरफाइनलमा बलियो मानिएको ब्राजिललाई पराजित गर्दा धेरैले बेल्जियमलाई उक्त विश्वकपको दावेदार मानेका थिए । तर सेमिफाइनलमा बेल्जियम फ्रान्ससँग रोकियो र इंग्ल्याण्डलाई पराजित गर्दै तेस्रो स्थान हासिल गर्यो। 

त्यही बेलादेखि यो 'गोल्डन जेनरेशन' ले विश्व फुटबलमा ठूलो प्रतियोगिताको उपाधि जित्न अब धेरै टाढा नरहेको अनुमान गर्दै आइएको छ। उसो भए के अब बेल्जियमले साँच्चै नै ठूला उपाधि जित्ने समय आएकै हो त ? युरो २०२० जित्न बेल्जियम सक्षम छ त?

आइतबार राति डिफेण्डिगं च्याम्पियन पोर्चुगललाई एक–शून्य गोलले पराजित गरेर बेल्जियमले आफू दावेदार भएको प्रमाण कागजमा मात्रै होइन मैदानबाटै प्रमाणित गरिसकेको छ। तर पोर्चुगलविरुद्ध बेल्जियमको यो जीत टोलीका लागि केही महंगो भने अवश्य भएको छ।

खेलका क्रममा बेल्जियमका उत्कृष्ट मिडफिल्डर केभिन डी ब्रुएन घाइते भई मैदान छाड्न बाध्य भए। उनलाई पोर्चुगलका पाउलिन्होले पछाडीबाट खराब ट्याकल गर्न पुगेका थिए। डी बु्रएन मात्र होइन खेलको अन्तिम समयमा अर्का स्टार मिडफिल्डर इडेन हजार्ड पनि तीघ्रामा देखिएको चोटका कारण मैदान छाड्न पुगे। 

यी दुई मिडफिल्डर बेल्जियमका लागि मात्र नभई समग्र विश्व फुटबलका स्टार खेलाडी हुन्। यिनै दुई जनाको जादुयी प्रदर्शनमा बेल्जियम विगत तीन वर्षदेखि विश्वको उत्कृष्ट फुटबल टोली बनिरहेको हो। 

बेल्जियमका प्रशिक्षक रोवर्टो मार्टिनेजले आफ्ना स्टार मिडफिल्डरद्वयको चोटमा चिन्ता ब्यक्त गरेका छन्। अबको ४८ घण्टाभित्र उनीहरुले इटालीविरुद्धको क्वाटरफाइनल खेल खेल्ने नखेल्ने थाहा हुने बताए। 

बेल्जियमको अन्तिम मौका ?
बेल्जियको टोलीमा रोमेलु लुकाकु, थोगर्न हजार्ड, ड्रेज मर्टेन्स, एलेक्स विटसेल, युरी टिलेमन्स, टोबी एल्डरवाइरल्ड, थिबो कोर्टवा जस्ता विश्वस्तरीय खेलाडी छन्। यी खेलाडी युरोपका ठूला क्लबबाट ब्यवसायिक फुटबल खेल्छन्। 

यी दुई मिडफिल्डर बेल्जियमका लागि मात्र नभई समग्र विश्व फुटबलका स्टार खेलाडी हुन्। यिनै दुई जनाको जादुयी प्रदर्शनमा बेल्जियम विगत तीन वर्षदेखि विश्वको उत्कृष्ट फुटबल टोली बनिरहेको हो। 

तर यी सबै खेलाडीको औसत उमेर ३० वर्ष नाघेको छ। त्यसैले अब ठूला प्रतियोगिता जित्न बेल्जियमको 'गोल्डन जेनरेशन' को समय घर्किदैछ । जारी युरोकपमा बेल्जियम साँच्चै नै ठूला प्रतियोगिता जित्न सक्षम छ भनेर प्रमाणित गर्न यी खेलाडीलाई अन्तिम मौका हुनसक्छ। 

बेल्जियमका फुटबल पत्रकार क्रिष्टोफ टेरुरले फिफाको वरियतामा लगातार तीन वर्ष पहिलो स्थानमा रहेर पनि कुनै ठूलो प्रतियोगिता जित्न नसक्नु यो टोलीको बिडम्बना भएको बताए। उनले भने, इट इज नाउ अर नेभर । अर्थात, अब होइन भने कहिले पनि हुँदैन।

त्यसैले बेल्जियम टोलीलाई विश्व फुटबलको इतिहासमा नाम राख्न धेरै मौका नआउन सक्छ। तर यसपटक पनि सहज भने पक्कै छैन। प्रिक्वाटरफाइनलमा डिफेण्डिगं च्याम्पियन पोर्चुगलको चुनौती पन्छाएको बेल्जियमले क्वाटरफाइनलमा इटाली, सेमिफाइनलमा फ्रान्स र फाइनलमा जर्मनीसँग भेट्ने सम्भावना उच्च रहेको छ। 

युरोकपको अबका बाँकी खेलमा बेल्जियमका लागि डी ब्रुएन र हजार्डको फिटनेस मुख्य चुनौती हो । यो बाहेक स्ट्राइकर लुकाकुले पनि नियमितरुपमा आफूले पाएको मौकालाई पूर्णरुपमा सदुपयोग गर्नेपर्ने हुन्छ। 

त्यसैले स्टार खेलाडीले भरिएको यो टोलीले मैदानमा एक भएर खेलेमा सबैले अनुमान लगाएजस्तै यसपटकको युरोकपको विजेता बेल्जियम नै बन्नेमा शंका गर्ने ठाउँ छैन।   

Logo