कोपाको सर्वोत्कृष्ट खेलाडी मेस्सी

कोपाको सर्वोत्कृष्ट खेलाडी मेस्सी


अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी कोपा अमेरिका फुटबलको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । अर्जेन्टिनालाई उपाधि दिलाउन सफल मेस्सी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

ब्राजिलको माराकाना स्टेडियममा आइतबार बिहान घरेलु टिम ब्राजिललाई १–० ले हराएर अर्जेन्टिनाले उपाधि जितेको थियो । यस्तै मेस्सी प्रतियोगिताको सर्वाधिक गोलकर्तासमेत बनेका छन् । मेस्सीले प्रतियोगितामा ७ खेल खेल्दै ४ गोल गरे। उनले ५ असिस्टसमेत गरेका थिए । ३४ वर्षीय मेस्सीको यस उपाधि पहिलो अन्तर्राष्ट्रिय उपाधिसमेत हो। मेस्सी प्रतियोगितामा सर्वाधिक धेरै प्लेयर अफ दि म्याच पाउने खेलाडी पनि हुन्। 

यस्तै अर्जेन्टिनाका एन्जल डी मारिया फाइनल खेलको प्लेयर अफ दि म्याच चुनिए। ब्राजिलविरुद्ध उनले नै २२ औं मिनेटमा निर्णायक गोल गरेका थिए। अर्जेन्टिनाका इमिलियानो मार्टिनेज सर्वोत्कृष्ट गोलकिपर चुनिए।

Logo