२ जेठ २०७९ सोमबार
1
1
1
1

युरोकपः उपाधिका लागि आज इंग्ल्यान्ड र इटाली भिड्दै

1
1
1
1
1
1

जारी १६ औं संस्करणको युरोकप फुटबलको फाइनल खेल आज (आइतबार) राति १२ः४५ हुँदैछ। लण्डनको वेम्बली स्टेडियममा हुने फाइनलमा इंग्ल्यान्ड र इटाली प्रतिस्पर्धा गर्नेछन्। 

इंग्ल्यान्ड पहिलो पटक युरोकपको फाइनल खेल्न लागेको हो। एक पटकको च्याम्पियन इटाली भने चौंथो पटक फाइनल खेल्न लागेको हो। इंग्ल्यान्ड र इटाली दुबै टोली यसपटक उपाधि जित्ने लक्ष्यमा रहेका छन्। दुबै टोलीका मुख्य प्रशिक्षक उपाधि जित्न तयार रहेको बताउँछन्।

इंग्ल्यान्ड र इटालीबीच हालसम्म २७ पटक प्रतिस्पर्धा भएको छ। जसमध्ये इटालीले ११ खेल जितेको छ। इंग्ल्यान्डले भने ८ खेलमा जीत निकालेको छ। दुई टिमबीचको ८ खेल बराबरीमा सकिएको छ।

इटाली तीनपटकको च्याम्पियन स्पेनलाई हराउँदै उपाधि नजिक पुगेको हो। पहिलो सेमिफाइनलमा इटालीले स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गरेको थियो । इटालीको यो मुख्य प्रतियोगितामा १० औं फाइनल यात्रा हो। यस अघि इटालीले विश्वकपमा ६ र युरोमा ४ पटक फाइनल खेलिसकेको छ।

यता इंग्ल्यान्डले डेनमार्कलाई पराजित गर्दै इटालीसँगको भेट पक्का गरेको हो। रोमान्चक खेलमा इंग्ल्यान्डले डेनमार्कलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गरेको थियो। इंग्ल्यान्ड युरोकपको फाइनल खेल्ने १३ औं राष्ट्र हो। इंग्ल्यान्ड सन् १९६६ पछि पहिलो पटक मुख्य प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो।

प्रकाशित: २७ असार २०७८ १३:३२ आइतबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी