ओलम्पिकमा सहभागी खेलाडीकाे विदाई

ओलम्पिकमा सहभागी खेलाडीकाे विदाई


टोकियो ओलम्पिकमा सहभागी हुने नेपाली टिमलाई राष्ट्रपति विध्यादेवी भण्डारीले विदाई गरेकी छन् । सितलनिवासमा आज एक कार्यक्रमका विच नेपालबाट ओलम्पिकमा सहभागी हुने टिमलाई राष्ट्रपति भण्डारीले विदाई गरेकी हुन् ।

नेपाली टिमलाई राष्ट्रपति भण्डारीले राष्ट्रिय झण्डा हस्तान्तरण गरेर शुभकामनासहित विदाई गरेकी हुन । राष्ट्रपति भण्डारीले ओलम्पिकका लागि सेभ दी मिसन रहेका सदस्यसचिव रमेश सिलवाललाई झण्डा हस्तान्तरण गरेकी थिइन् । ओलम्पिक जस्तो ठूलो प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने लक्ष्यका साथ सहभागि हुन भण्डारीले शुभकामना दिइन् । उनले खेलमा रहेको नियमहरु पालना गरेर अनुशासनमा रहेर खेल्न खेलाडीलाई आग्रह गरिन । साथै देशको झण्डा उचो पारेर इज्जत राखेर आउने शुभकामना दिइन् ।

विदाई कार्यक्रममा २१ जनाको सहभागिता रहेको थियो । जसमा शुक्रबार सुटिङ र जुडोको टिमसहित १० जनाको टिम जानेछ । त्यसपछि १९ तारिखमा दोस्रो टिम जानेछ । 

Logo