महिला फुटबल टिमको बन्द प्रशिक्षण सुरु

महिला फुटबल टिमको बन्द प्रशिक्षण सुरु


नेपाली महिला फुटबल टिमको बन्द प्रशिक्षण सुरु भएको छ । एएफसी महिला एसियन कप २०२२ को छनोट खेलका लागि नेपाली टिमले तयारी सुरु गरेको हो । 

नेपाली राष्ट्रिय टिमका लागि मुख्य प्रशिक्षक ग्याली फिलिप्सले ४५ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् । टोलीले एन्फा मैदान सातदोवाटोमा प्रशिक्षण शुरु गरेको हो ।छनोटको समूहको एफ मा रहेको नेपालले फिलिपिन्स र हङकङसँग खेल्ने छ । यो समूहको खेल दशरथ रंगशालामा हुने छ । एएफसीले छनोटको प्रारम्भिक मिति १३ देखि २५ सेप्टेम्बरलाई तोकेको छ ।

बन्द प्रशिक्षणमा रहेका खेलाडीहरू
अन्जना राना मगर, एन्जिला सुब्बा, उषा नाथ, सावित्री किशन, सपना राई, रेनुका नगरकोटी, सरु लिम्बु, अनिता बस्नेत, घिम कुमारी गुरुङ, सिर्जना खड्का, निर्मला बिक, मनिषा राउत, पुजा राना, निर्मला उपाध्याय,रेखा पौडेल, दिपा न्यौपाने, सिवानी कुश्वर, सरस्वती हमाल, अमिशा कार्की, कुशुम खतिवडा, सिर्जना सिंह, सबिता राणा, रजनी थोकर, सलोनी राना मगर,चुम्लुङमा राई, अनिता केसी, गीता राना, अन्जली योन्जन, प्रिती राई, निशा थोकर, सिर्जना चेम्जोङ, हिरा भुजेल, रबिना गोले, सुष्मा तामाङ, पुनम जर्गा मगर, कविता धिमाल, सुनिता चौधरी, विमला बिक, दिपा राई, सपना लामा, रश्मी घिसिङ, शर्मिला थापा,इन्द्र राई, विमला चौधरी, अमृता जैशी ।

Logo