आयरल्याण्डमाथि दक्षिण अफ्रिकाको जीत

आयरल्याण्डमाथि दक्षिण अफ्रिकाको जीत


टी–ट्‍वान्टी क्रिकेटमा दक्षिण अफ्रिकाद्वारा आयरल्याण्ड ३३ रनले पराजित भएको छ । गएराति सम्पन्न भएको सो खेलमा आयरल्याण्डसँगको पहिलो टी–ट्‍वान्टी क्रिकेट दक्षिण अफ्रिकाले जीत हासिल गरेको हो ।​

आयरल्याण्डको घरेलु मैदानमै भएको उक्त खेलमा आयरल्याण्ड ३३ रनले पराजित भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १६५ रन बनाएको थियो ।

१६६ रनको लक्ष्यसहित ब्याटिङ गरेको  आयरल्याण्ड २० ओभरमा ९ विकेट गुमाउँदै १३२ रनमा समेटिन पुगेको हो । ​आयरल्याण्डलाई सजिलै हराउन दक्षिण अफ्रिकाका बलर ट्याबरेज साम्सीले आफ्नो व्यक्तिगत चार ओभरमा २७ रन खर्चिदै चार विकेट लिएका थिए । 

Logo