सन्दीपले ‘द हन्ड्रेड’ को सुरुवाती खेल गुमाउने

सन्दीपले ‘द हन्ड्रेड’ को सुरुवाती खेल गुमाउने


नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले इंग्ल्यान्डमा आयोजना हुने द हन्ड्रेड क्रिकेट प्रतियोगिताको सुरुवाती खेल गुमाउने भएका छन्। भिसाका कारण ओभल इन्भिन्सिबलमा आबद्द सन्दीपले द हन्ड्रेडको सुरुवाती खेल गुमाउने क्रिकइन्फोले जनाएको छ। 

क्रिकइन्फोले भिसा समस्याका कारण उनले प्रतियोगिता नै गुमाउने सम्भावना रहेकोसमेत जनाएको छ। सन्दीपले टिएर ५ भिसा पाएपनि प्रतियोगिता खेलको लागि अनुमति नपाएको बताइएको छ।

इन्भिन्सिबलका कप्तान साम विलिङ्सले सन्दीप खेल्ने नखेल्ने अनिश्चित रहेको बताएका छन् । तर, सन्दीप इन्भिन्सिबलले भने यस विषयमा केही बताएको छैन।

क्रिकइन्फोका अनुसार सन्दीपले प्रतियोगिता खेल्न नपाएमा उनको स्थानमा दक्षिण अफ्रिकी बलर ताब्रेज शाम्सीलाई अनुबन्ध गर्ने तयारी गरेको छ । सन्दीप पहिलो संस्करणको प्रतियोगिताका लागि इंग्ल्यान्ड पुगिसकेका छन् । उनको क्वारेन्टिन अवधि आज सकिँदैछ।

१०० बलको हुने प्रतियोगिता बिहीबारबाट सुरु हुने तालिका रहेको छ। पहिलो खेलमा सन्दीप आबद्द इन्भिन्सिबल र म्यानचेस्टर ओरिजिनल्सबीच खेल हुनेछ। भिसाकै कारण सन्दीपले यस अघि भाइटालिटी टी–ट्वान्टी ब्लास्ट क्रिकेट गुमाएका थिए। त्यस प्रतियोगिताका लागि सन्दीप वोर्सेस्टरशायर र्यापिड्समा अनुबन्धित भएका थिए।

Logo