मैत्रीपूर्ण खेलमा बार्सिलोनाको सानदार जित

मैत्रीपूर्ण खेलमा बार्सिलोनाको सानदार जित


बार्सिलोनाले प्रि–सिजनको पहिलो मैत्रीपूर्ण खेलमा सानदार जित दर्ता गरेको छ । बार्सिलोनाले जिम्नास्टिकमाति ४–० को फराकिलो जित आत्मसात गरेको हो । 

स्पेनमा बुधबारराति भएको खेलमा जिम्नास्टिकले बार्सिलोनालाई पहिलो हाफमा बराबरीमा रोक्न सफल भएकाे थियो  तर दोस्रो हाफमा बलियो बार्सिलोनालाई रोक्न सकेन ।

खेलकाे ६०औं मिनेटमा रे मानाजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । ८५औं मिनेटमा एलेक्स कोल्लाडोले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । त्यसपछि रे मानाजले ८६औं र ९० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेपछि बार्सिलोनाले फराकिलो जित निकाल्न सफल भयो ।

बार्सिलोनाले १५ अगस्टमा रियल सोसिडाडसँग खेल्दै ला लिगाको सुरुवात गर्नेछ ।

Logo