टोकियो ओलम्पिकः सोनियाले पहिलो खेलमा रुसकी इरिनासँग खेल्ने

टोकियो ओलम्पिकः सोनियाले पहिलो खेलमा रुसकी इरिनासँग खेल्ने


नेपालकी जुडो खेलाडी सोनिया भट्टले टोकियो ओलम्पिकको पहिलो चरणमा रुसी खेलाडी डोल्गोभा इरिनासँग प्रतिस्पर्धा गर्ने भएकी छिन्। बिहीबार सार्वजनिक भएको खेल तालिका अनुसार सोनियाले पहिलो प्रतिद्वन्द्वी इरिना पाएकी हुन्।

ओलम्पिकमा महिलाको ४८ केजी तौल समूहमा सोनियाले प्रतिस्पर्धा गर्नेछिन्। सोनियाले रुसी खेलाडीसँग जुलाई २४ मा खेल्ने छिन्। सोनिया वाइल्ड कार्ड प्राप्त गर्दै ओलम्पिकमा छनोट भएकी हुन्।

सोनिया नेपालमा आयोजना भएको १३ औं सागकी कास्यधारी खेलाडी हुन् । सोनियाले महिला ४८ केजीमुनि कास्य जितेकी थिइन् । उनी विश्व जुडो च्याम्पियनसिपमा एक बाउट जित्ने पहिलो नेपाली खेलाडी हुन्।

रुस ओलम्पिक कमिटीको झण्डामुनि रहेर प्रतिस्पर्धा गर्ने इरिना विश्व वरीयताको नवौं स्थानमा रहेकी छिन्। डोपिङको कारण प्रतिबन्धमा पर्दा रुसले ओलम्पिकमा देशको नाममा सहभागिता जनाएका छैनन्। तर, स्वतन्त्ररुपमा ओलम्पिकको झण्डामुनि बसेर रुसका खेलाडीले ओलम्पिक खेल्नेछन्।

Logo