राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक ‘अल्मुताइरी’द्वारा राजीनामा घोषणा

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक ‘अल्मुताइरी’द्वारा राजीनामा घोषणा


नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामाको घोषणा गरेका छन्। 

प्रशिक्षक अब्दुल्लाहले अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङका कारण राजीनामा दिन लागेको सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

अल्मुताइरीले फेसबुकमा लेखेका छन्, ‘प्रिय नेपाली समर्थकहरू पछिल्लो तीन हप्तादेखि लगातार एन्फाका वरिष्ठ उपाध्यक्षले मसँग  नाटक गरिरहेका कारण म राजीनामा दिन गइरहेको छु। अब तपाईँ खुसी हुनु भयो होला नि पंकजविक्रम नेम्वाङ ?'

Logo