टोकियो ओलम्पिकः ३७ देशलाई पदक, सबैभन्दा बढी चीनलाई

टोकियो ओलम्पिकः ३७ देशलाई पदक, सबैभन्दा बढी चीनलाई


जारी ३२ औं गृष्मकालीन टोकियो ओलम्पिकमा आइतबारसम्म विभिन्न ३७ देशले पदकमा आफ्नो नाम पोल्टामा पारेका छन्। आइतबारसम्म २४ स्वर्ण, २४ रजत र ३० कास्य पदकको छिनोफानो भएको छ । ५ स्वर्ण, एक रजत र ३ कास्य पदक जितेको चीन पदक तालिकाको शीर्ष स्थानमा छ।

आयोजक जापानले ५ स्वर्ण र एक रजत, अमेरिकाले २ स्वर्ण, २ रजत र ४ कास्य तथा दक्षिण कोरियाले २ स्वर्ण र ३ कास्य पदक जितेका छन् । यस्तै रसियाले एक स्वर्णसहित ४ पदक, ईटलीले एक स्वर्णसहित ४ पदक, अष्ट्रेलियाले एक स्वर्णसहित ३ पदक र ट्युनिसियाले एक स्वर्णसहित २ पदक हात पारेका छन्। 

त्यस्तै अष्ट्रिया, इक्वेडर, हंगेरी, इरान, कोसोभो र थाईल्याण्डले एकएक वटा स्वर्ण प्राप्त गरेका छन् भने, नेदरल्याण्स्, ब्राजिल, रोमानिया, चाईनिज ताईपेई, फ्रान्स, इण्डोनेसिया, क्यानडा,सर्विया, बेल्जियम, बुल्गेरिया, स्पेन, जर्जिया, इण्डियाले रजतसहित पदक जितेका छन्।

बेलायत, मेक्सिको, जर्मनी, काजकिस्तान, इष्टोनिया, इजरायल, स्वीट्जरल्याण्ड, युक्रेन, मंगोलिया, स्लोभेनियाले पनि पदकमा आफ्नो पोल्टामा पारेका छन्।

Logo