टोकियो ओलम्पिक: चीनलाई पछि पार्दै अमेरिका शीर्ष स्थानमा

टोकियो ओलम्पिक: चीनलाई पछि पार्दै अमेरिका शीर्ष स्थानमा


जारी टोकियो ओलम्पिकमा चीनलाई पछि पार्दै अमेरिका तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। ३२ औँ ग्रीष्मकालीन ओलम्पिकमा चीन तेस्रो स्थानमा झरेको छ । यसअघि शीर्ष स्थानमा रहेको चीनलाई जापानले समेतपछि पारेको छ। योसँगै जापान दोस्रो स्थानमा उक्लिएको छ।

अमेरिका र जापानले समान सात/सात स्वर्ण पदक जितेका छन्। यस्तै अमेरिकाले सात स्वर्णसहित तीन रजत र चार कास्य गरी कुल १४ पदक जितेको छ। त्यस्तै जापानले सात स्वर्णसहित एक रजत र तीन कास्य पदक गरी कुल ११ पदक जितेको छ। 

यता, चीन भने ६ वटा स्वर्णपदकसहित तेस्रो स्थानमा छ । चीनले ६ स्वर्णसहित तीन रजत र ६ वटा कास्य गरी कुल १५ पदक जितेको छ। यस्तै दक्षिण कोरियाले तीन तथा अस्ट्रेलिया र कोसोभोले दुई/दुई वटा पदक जितेका छन्। 

रसियन ओलम्पिक कमिटी, इटली, क्यानाडा, फ्रान्स, हङ्गेरी, ट्युनिशिया, अस्ट्रिया, स्लोभानिया, इक्वेडर, इरान, नर्वे, थाइल्याण्ड र उज्वेकिस्तानले एक÷एक स्वर्ण पदक जितेका छन्। 

Logo